६ मंसिर २०८१, बिहीबार

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले गरे प्रदेशसभाको नयाँ अधिवेशन आह्वान


लुम्बिनी प्रदेशसभा

काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नयाँ अधिवेशन आह्वान गरेका छन् । आज शनिबार प्रदेश प्रमुख शेचरनले प्रदेशसभाको नयाँ अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभाको नयाँ अधिवेशनको पहिलो बैठक भदौ १ गते बस्ने गरी आह्वान गरिएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ । नयाँ अधिवेशनमा मुख्यमन्त्री कूलबहादुर केसीले विश्वासको मत लिने तयारी गरेका छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी साउन २८ गते बिहिबार नियुक्त भएका थिए । निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट हिजो राजीनामा दिएपछि केसीलाई लुम्बिनी प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !