१२ असार २०८१, बुधबार

कांग्रेसका निलम्बित सांसद अफ्ताव आलमको मुद्दा ‘हेर्न नमिल्नेमा’


अफ्ताव आलम

काठमाडौँ । नेपाली कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मत अफ्ताव आलमको मुद्दा सर्वाेच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको आलमको मुद्दा सर्वाेच्चले हेर्न नमिल्नेमा राखेको हो ।

२०६४ साल चैत २७ गते रौतहटमा विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मारेको अभियोगमा आलमबिरुद्ध मुद्दा चलिरहेको छ । व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् ।

उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेपछि सो आदेश विरुद्ध आलम सर्वोच्च पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !