१२ आश्विन २०८१, शनिबार

काँग्रेस सभापति देउवाले आफू निकट नेताहरुसँग छलफल गर्दै


नेपाली कांग्रेस फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँ छलफल गर्दैछन् । महाधिवेशन सार्ने कि फास्ट ट्रयाकमार्फत गर्ने भन्ने विषयमा दिउसो बोलाइएको पदाधिकारी बैठकअघि उनी आफू निकट नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

देउवा निकट एक नेताका अनुसार दिउसो बस्ने बैठकमा एउटा धारणा तय गर्नका लागि छलफल गर्न लागिएको हो । उनका अनुसार केही समयपछि बूढानीलकण्ठमा देउवाले छलफल गर्दैछन् ।

देउवा महाधिवेशन केही समय सार्ने तयारीमा छन् भने नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर जानुपर्ने निष्कर्षमा छन् ।

पौडेल निकट जिल्ला सभापतिहरुको भेलाले पनि यस्तो निष्कर्ष निकालेको छ । औपचारिक धारणा आज सार्वजनिक गर्न लागेका जिल्ला सभापतिहरुलाई दबाबमुलक कार्यक्रम नल्याउन नेतृत्वले सुझाव दिएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !