१५ असार २०८१, शनिबार

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई धपडी : मन्त्रिपरिषद् बैठकपछि संसदीय दलको बैठक जारी


शङ्कर पोखरेल

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुँदैछ । प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनको समावेदनमार्फत आह्वान भएको प्रदेशसभामा अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भएपछि मुख्यमन्त्री पोखरेललाई धपडी भएको छ । बिहानैदेखि विभिन्न बैठकमा व्यस्त मुख्यमन्त्री पोखरेल राजीनामा दिने तयारीमा पुगेको विशेष स्रोतले बताएको छ ।

लुम्बिनी मन्त्रिपरिषद् बैठक सकिएपछि संसदीय दलको बैठक जारी रहेको छ । एमालेकै धेरैजसो सदस्यले राजीनामा दिन सुझाव दिएको स्रोतले जानकारी दिएको छ ।

संसदीय दलको बैठकले प्रदेश सभामा मुख्यमन्त्रीसहित सत्तारुढ दलले निर्वाह गर्ने भूमिका सम्बन्धमा निर्णय लिनेछ भने राजीनामाको तयारीमा रहेका पोखरेलले के गर्ने सम्बन्धमा पनि निर्णय गर्न सक्ने एक नेताले बताए ।

प्रदेश सरकार गठन हुँदा विसं २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादीको समर्थनमा सरकार बने पनि विसं २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण भई नेकपा बनेपछि संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त सरकार बनेको थियो ।

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !