१२ असार २०८१, बुधबार

एमाले केन्द्रीय कमिटीको बैठकले गर्यो विधान अधिवेशनका लागि चारवटा समिति गठन


एमाले बैठक

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले भदौ २७ र २८ गते हुने विधान अधिवेशनका लागि विभिन्न चारवटा समिति गठनको प्रस्ताव गरेको छ ।

सोमबार बसेको बैठकले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली र सदस्यहरुमा वामदेव गौतम, रामबहादुर थापा (बादल), प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल र विन्दा पाण्डे रहेका छन् ।

एक नेताका अनुसार संगठनात्मक प्रतिवेदन मस्यौदा समिति संयोजकमा महासचिव ईश्वर पोखरेल र सदस्यहरुमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ र पद्मा अर्याल रहेका छन् ।

स्रोतका अनुसार विधान संशोधन मस्यौदा समिति संयोजकमा विष्णु पौडेल र सदस्यहरुमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल र प्रभु साह रहेका छन् ।

त्यस्तैगरी व्यवस्थापन समिति संयोजकमा रामबहादुर थापा (बादल) र सदस्यहरुमा मणि थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत र पासाङ शेर्पा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !