७ मंसिर २०८१, शुक्रबार

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका विषयमा पुनः विचार गर्नुपर्छ : कमल थापा


कमल थापा फाइल फोटो

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषयमा पुनःविचार गर्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै पात्र र दल फेरिँदैमा देशको सुधार नहुने बताए ।

उनले भने, “पछिल्लो राजनीतिक परिवर्तनपछि देश जुन बाटोमा अघि बढ्यो त्यसले देशमा शान्ति, स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्न सकेन । अब विचार नै परिवर्तन गर्न जरुरी छ ।”

सरकारको नेतृत्व परिवर्तन हुँदैमा देशमा शान्ति स्थायित्व र समृृद्धिको यात्रा पूरा नहुने भन्दै उनले यसका लागि बाटो र विचार नै परिवर्तन गर्नु आवश्यक रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !