६ जेष्ठ २०८१, आइतबार

देश लुट्न कसैलाई दिन्नँ : मन्त्री पण्डित


lalbabu pandit

४ चैत, काठमाण्डौ । स‌ंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग चर्काचर्की परेको बताएका छन् ।

अघिल्लो कार्यकालमा डीभी र पीआरवाला कर्मचारीलाई कारबाही गर्ने सिलसिलामा पूर्वप्रधानमन्त्री भट्टराईसँग चर्काचर्की परेको बताए ।

मन्त्री क्वार्टरमा आफूलाई भेट्न आएका कलाकारसँग कुरा गर्दै पण्डितले भने, ‘भट्टराईजीले मेरो मान्छेको पर्दा रोक्ने भन्नुभयो । मैले नीतिअनुसार कसैलाई छोड्दिन भनेँ । देश लुट्न कसैलाई दिन्नँ भनेँ ।’ एकै समयमा दुई वा दुई भन्दा बढी देशको नागरिक हुने कुरा मान्य नहुने उनले बताए । 

मुलुक संघीय संरचनामा गएपछि खटाइएका प्रदेशमा जान नमान्ने कर्मचारीलाई कारबाही थाल्ने उनले बताए । ‘काठमाण्डौ बसेर काम ठग्नेलाई चाँडै ठेगान लगाउँछु’, उनले भने, प्रधानमन्त्रीज्यूले के गर्नुपर्छ, गर्नुस् भन्नुभएको छ ।’ 

काम गर्न अल्छी गर्ने वा नसक्नेलाई अब ‘बाइबाइ’ गर्ने योजना रहेको पण्डितले सुनाए । पहिलोपटक मन्त्री हुँदा युवालाई स्वदेश फर्काउँछु भनेको स्मरण गर्दै उनले अझै पनि त्यो सोच परिवर्तन नभएको बताए ।

‘विदेश जाने सोचमा रहेकाहरू देशमै केही गर्नुस् न!’, उनले भने, ‘वातावरण बनाउने काम म गर्छु ।’ विदेशमा रहेका युवालाई बिस्तारै फर्काउने वातावरण बनाउने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !