१२ असार २०८१, बुधबार

माधव नेपालले कलम चुनाव चिन्ह राखेर भोलि पार्टी फुटाउने बाँस्कोटाको खुलासा


गोकुल बास्कोटा र माधव नेपाल

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माधव नेपाल समुहले कलम चुनाव चिन्ह राखेर नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका छन् ।

पार्टी एकताको लागि एमालेभित्र दुवै पक्षले प्रयास गरिरहेको बेला नेता बाँस्कोटाले भने माधव नेपालले भोलि नै नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका हुन् ।

क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।

सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्,“क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !