३१ भाद्र २०८१, सोमबार

माधव नेपाललाई भेट्न विष्णु पौडेल पुगे कोटेश्वर


विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न विष्णुप्रसाद पौडेल कोटेश्वर पुगेका छन् । अहिले भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओली निकट नेम्वाङ र पौडेलले नेता नेपालसँग पार्टी एकताबारे छलफल गरेको बताइएको छ । गएको २७ असारमा दशबुँदे सहमति कार्यदल मार्फत जुटे पनि एमालेको विवाद हल हुन सकेको छैन ।

अनौपचारिक वार्तालाई कायम राख्न पौडेल नेता नेपाललाई भेट्न पुगेको बताइएको छ । बिहीबार नेता नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !