५ जेष्ठ २०८१, शनिबार

माधव नेपाल समूह सरकारमा सहभागी नहुने निर्णय


मन्त्रिपरिषद विस्तार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएको बैठकमा नेपाल समूहबाट सहभागी भएका विजय पौडेलले बताएका हुन्।

स्रोतका अनुसार अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ स्रोतले भन्यो ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !