काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल तीन वटा प्रदेशका प्रदेश प्रमुख हटाउने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख हटाउने तयारी गरेका हुन् ।
हाल प्रदेश १ मा सोमनाथ प्यासी, २ मा राजेश झा अहिराज, वागमतीमा विष्णु प्रसाई, गण्डकीमा सीता पौडेल, लुम्बिनीमा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जबर्जस्ती परिवर्तन गरेका प्रदेश प्रमुखहरु विस्तारै फेरिने संकेत देखिएको छ । सम्भवत: यहि हप्ताभित्र नयाँ प्रदेश प्रमुख नियुक्त हुने विशेष स्रोतले जानकारी गराएको छ ।
यसैगरी प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री ओलीले गरेका नियुक्ति गरेका सातवटै प्रदेशमा प्रदेश प्रमुखहरुलाई हटाउनका लागि देउवाले तयारी गरेका हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख पदमुक्त र नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । सातवटा प्रदेशमा गठबन्धनका दलहरुसँग छलफल गरी नियुक्तिको तयारीमा देउवा लागेका हुन् ।
सातवटा प्रदेशमध्ये काँग्रेसवाट २ जना, माओवादी केन्द्र २ जना र नेकपा एमालेको माधव नेपाल खेमाबाट २ जना र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबाट १ जना पर्ने गरी प्रदेश प्रमुख नियुक्तिको तयारी बढाइएको छ ।