९ मंसिर २०८१, आइतबार

संयुक्त राष्ट्र सङ्घको वरियतामा नेपाली सेना दोस्रो स्थानमा


शान्ति सैनिक

काठमाडौँ । नेपाली सेना संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ । संयुक्त राष्ट्र सङ्घको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो ।

राष्ट्र सङ्घले विभिन्न मिसनमा फौजको सङ्ख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका कारण सङ्ख्या थपको माग भइरहेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये सङ्ख्याका आधारमा बङ्गलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा क्रमश अग्रणी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !