७ मंसिर २०८१, शुक्रबार

एकाएक माधव नेपाल समूह आन्तरिक छलफलमा


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो ।

स्रोतका अनुसार अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आन्तरिक छलफल गरिएको हो । छलफलबाट आजै निर्णय लिइने उनले बताए ।

यसअघि माधव नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आश्वासन दिइसकेका छन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी पार्टी (जसपा) र एमालेको माधव समूहको साथ आवश्यक छ ।

पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !