७ मंसिर २०८१, शुक्रबार

संघीयता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण : पूर्वमन्त्री शर्मा


janardhan-sharma

३० फागुन, काठमाण्डौ । पूर्वमन्त्री जनार्दन शर्माले संघीयता कार्यान्वयनको पहिलो शर्त कानुन निर्माण भएको बताएका छन् ।

काठमाण्डौमा आयोजित प्रदेश सांसदहरुको परिचयात्मक कार्यक्रममा वोल्दै पुर्वमन्त्री शर्माले संघीयता कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन निर्माणमा लाग्न प्रदेशसभा तथा सरकारलाई आग्रह गरे ।

कर्णाली प्रदेशका जनताले संघीयता र गणतन्त्र निर्माणका लागि सवैभन्दा ठुलो त्याग र वलिदान गरेका कारण संघीयता कार्यान्वयनको नेतृत्व लिन पनि कर्णाली प्रदेशलाई सहज हुने उनको भनाई छ ।

उनले कर्णालीको समृद्धिको लागि पानी, पर्यटन र जडिवुटी नै प्रर्याप्त रहेको बताए । त्यसका लागि कुशल नेतृत्वको आवश्यकता रहेको वताउदै जनप्रतिनिधिहरुले त्यो भूमिका पूरा गर्नुपर्ने उनले बतए ।

परिचयात्मक कार्यक्रममा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको समृद्धिका लागि आफुहरु गैटी वेल्चा बोक्नु परे तयार रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !