१० माघ २०८१, बिहीबार

विश्वको इतिहासमा पहिलोपटक अदालतवाट प्रधानमन्त्री तोकियो, हटाइयो : प्रधानमन्त्री ओली


सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको इतिहासमा अदालतवाट पहिलोपटक प्रधानमन्त्री तोकिएको र हटाइएको टिप्पणी गरेका छन् ।

आज प्रधानमन्त्री ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै सर्वोच्च अदालतको फैसला संवैधानिक हिसावले उपयुक्त नभएकोले अनुचित भएको बताएका छन् ।

उनले सर्वोच्चको हिजोको फैसला ऐतिहासिक भएतापनि त्यसको परिणाम भविष्यमा जनताले देखाउने बताउदै त्यो के हो भन्ने खुलाएनन् । उनले आफ्नो नेतृत्वको संचालित सरकार इतिहासमै सफल सरकार भएको दावी समेत गरेका छन् ।

जनताको जनादेशले नभएर सर्वोच्च अदालतको परमादेशले आफू प्रधानमन्त्रीवाट विदा लिनु परेको बताएका छन् । जनताको जनादेश आफ्नो पक्षमा भएको तर सर्वोच्च अदालतको परमादेश नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा भएको टिप्पणी समेत गरेका छन् ।

उनले आफूलाई जनताले होइन सर्वोच्चको आदेश र परमादेशले सरकारवाट हट्न बाध्य बनाएको स्पष्ट पारे । उनले आफ्नो कार्यकालमा संविधानको कार्यान्वयन लगायतका महत्वपूर्ण कामहरु भएको बताए ।

प्रधानमन्त्री ओलीले प्रयाप्त कोरोना खोपको सुनिश्चतता भएकोले अव खोपको अभाव नहुने पनि बताए । उनले आफूलाई प्रचारको लोभ पनि नभएको स्पष्ट पारे । उनले आफ्नै पार्टीका नेताहरुले घेराबन्दी गरेर काम गर्न बाधा पुर्याएको आरोप समेत लगाए ।

ओलीले आफ्नो सरकार फैसलावाट हटाएको तर जनमतवाट होइन भएर टिप्पणी गरेका छन् । उनले आफू सरकारमा हुँदा वा सरकार बाहिर हुँदा आफ्नो निष्ठा देश र जनताप्रति हुने समेत प्रतिबढ्ता व्यक्त गरे ।

सर्वाेच्च अदालतले हिजो प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेको थियो । साथै सर्वाेच्चले नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आदेश पनि जारी गरेकाे थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !