७ मंसिर २०८१, शुक्रबार

ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालको दिए राजीनामा


रमेश बडाल

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै बडालले पदबाट राजीनामा दिएका हुन् ।

नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको बडालले बताए । महान्यायाधिवक्ता कार्यालयमा आजै अपरान्ह बडालको बिदाई कार्यक्रम राखिएको छ ।

महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकार भएकोले बडालले प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका बडाल ओली निकट कानुन व्यवसायी मानिन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !