१९ असार २०८१, बुधबार

महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने प्रकाशशरण महतको घोषणा


प्रकाशशरण महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा डा. महतले आगामी महाधिवेशनमा आफूले उम्मेदवारी दिने पक्का भएको तर महामन्त्री र उपसभापतिमध्ये कुन पद टुंगो नभएको बताए ।

‘सभापति पदमा शेरबहादुर दाइ आफैं लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो’ उनले भने ।

‘औपचारिक रुपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो । तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु’ उनले भने ।

नेता महतले आफू पार्टीकै नेतृत्व गर्न योग्य भए पनि अग्रज नेता हुँदाहुँदै अगाडि बढ्न नसक्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !