४ आश्विन २०८१, शुक्रबार

भावुक हुँदै नेता जनार्दन शर्माले लेखे यस्तो स्टाटस


जनार्दन शर्मा

माओबादी केन्द्रका नेता तथा पुर्व गृहमन्त्री जनार्दन शर्माले पार्टी नेत्री पम्फा भुसालको आमाको दु:खद निधनले स्तब्ध भएको बताएका छन्। नेता शर्माले आमा प्रति हार्दिक श्रद्धाञ्जली ! क.पम्फा लगायत सम्पुर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक जनार्दन शर्मा प्रभाकर माओवादीका केन्द्रीय सदस्य पनि हुन् । २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी भएका थिए।

पम्फा भुसाल माओबादी केन्द्रका नेतृ हुन्। शर्माले सामाजिक संजालमा लेखेका छन्, “पार्टी नेत्री पम्फा भुसालको आमाको दु:खद निधनले स्तब्ध भएका छौं ! आमा प्रति हार्दिक श्रद्धाञ्जली ! क.पम्फा लगायत सम्पुर्ण परिवारजनमा गहिरो समवेदना !!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !