७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच बालुवाटारमा भेटवार्ता


केपी शर्मा ओली र भीम रावल

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलवीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आइतबार राति ९ बजेदेखि ओली र रावलबीच करिव डेढ घण्टा कुराकानी भएको हो ।

लामो समयदेखि एमालेभित्रै प्रधानमन्त्री ओलीको कटु आलोचकका रुपमा स्थापित रावल र ओलीवीच एक्कासी भेटवार्ता हुनुलाई राजनीतिक वृत्तमा चासोको रुपमा हेरिएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसंग भेट्न अस्वीकार गरेपछि ओलीले रावलमार्फत् सहमतिको प्रयास गरेका हुन् । ओलीले देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् ।

तर हस्ताक्षर फिर्ता नहुने नेपाल समूहले जनाइसकेको छ । ओलीले भने हस्ताक्षर फिर्ता गर्दै एमालेमै रहन वा एमाले छाडेर गठबन्धन रोज्न नेपाल समूहलाई चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !