१४ असार २०८१, शुक्रबार

प्रधानमन्त्रीकाे विश्वासकाे मत बहुमतद्वारा पारित, पक्षमा २०८ र विपक्षमा ६० मत


Kp oli

२७ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकले विश्वासको प्रस्ताव बहुमतद्वारा पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा, राप्रपाका सांसदले पक्षमा मत दिएका थिए भने कांग्रेसका सांसदले विपक्षमा मत दिए ।

संसद सचिवालयका अनुसार बैठकमा उपस्थित कुल २६८ मध्ये ओलीको समर्थनमा २०८ मत आयो भने विपक्षमा ६० मत पर्यो । यो परिणामसँगै ओली अहिलेसम्मकै शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।

ओली प्रतिनिधिसभावाट विश्वासको बहुमतद्वारा पारित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !