२ मंसिर २०८१, आइतबार

सभामुखलाई कांग्रेसका महामन्त्री कोइरालाले बधाई व्यक्त


shasank koirala

२७ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले आज बसेको संसद बैठकलाई सम्वोधन गर्दै नवनिर्वाचित सभामुख कृष्णवहादुर महरालाई बधाई व्यक्त गरेका छन् । संसदमा कमै बोल्न रुचाउने कोइरालाले आज पनि ज्यादै थोरैमात्र खर्चेका थिए ।

महामन्त्री कोइरालाले रोष्टममा उभिएर सम्वोधन गर्दै जनयुद्ध र शान्ति प्रक्रियाको अनुभव लिएका महराले संसदलाई सन्तुलित ढंगले चलाउने विश्वास समेत व्यक्त गरे ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्धिको कुरा गरेको भन्दै प्रमुख प्रतिपक्षको हैसियतमा कांग्रेसले रचनात्मक सहयोग गर्ने बताए । सभामुख महरालाई एमालेवाट झलनाथ खनाल र माओवादीवाट वर्षमान पुनले शुभकामना दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !