७ मंसिर २०८१, शुक्रबार

विवादै-विवादको अर्को नाम ईश्वर पोखरेल, पदमा हुँदा के-के गरे ?


ईश्वर पोखरेल

गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत डीआईजी थापालाई मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । डीआईजी थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेसंगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

एआईजी पोखरेललाई आईजीपीको एकल दाबेदार बनाउने गरी सरकारले २७ कात्तिकमा एआईजीको एउटा दरबन्दी थपेर बढुवा गरेको थियो । उक्त निर्णयको व्यापक आलोचना भएपछि संसदको राज्य व्यवस्था समितिले पनि बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दियो ।

तर संसदीय समितिको निर्देशनलाई वेवास्ता गर्दै सरकारले पोखरेललाई एआईजीमा बढुवा गर्‍यो । हाल पुनः एक एआईजीको दरबन्दी थप्दै विगतको गल्तीलाई सच्याइएको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् ।

तत्कालिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले विश्वराज पोखरेललाई भावी एकल आईजीपीका हुनेगरी एआईजीमा बढुवा गरेका थिए। उक्त निर्णयमाथि धेरै आलोचना भए पनि कार्यान्वयन भएपछि विश्वराज पोखरेललाई एआईजीमा बढुवा भएक थिए।

तर बिष्णु पौडेल गृहमन्त्री भएपछि भावी आईजीपीमा प्रतिस्पर्धाको लागि (डीआईजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

डीआईजी थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेसंगै भावी आईजीपीका लागि विश्वराज पोखरेल र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

इश्वर पोखरेल अहिले पदविहिन छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एकपछि अर्को पद खोसेपछि अहिले पदविहिन छन्। उनी अहिले पार्टीको पनि कुनै पदमा छैनन्।

पोखरेललाई विस्तारै पाखा लगाउदै बिष्णु पौडेललाई काखी च्यापेको नेताहरु बताउछन्। एक नेताका अनुसार इश्वर पोखरेलसंग ओली असन्तुष्टि भएपछि उनलाई पाखा लगाएका हुन्।

तत्कालिन उपप्रधानमन्त्री हुँदा विभिन्न विवादमा मुछिएपछि उनी ओलीको नजरवाट टाढा हुँदै गएको एक नेताले जानकारी दिए। सिसिएमसीको प्रमुख हुँदा पनि उनी विवादमा मुछिएका थिए। त्यसपछि ओलीले उनलाई सिसिएमसीको प्रमुखवाट हटाएर सदस्यमा सिमित रहेका थिए।

पोखरेलसंग नेपाली सेनासमेत असन्तुष्टि भएपछि प्रधानमन्त्री समक्ष नै नेपाली सेनाले पोखरेलविरुद्ध उत्रिएका थिए। त्यसपछि झन ओली पोखरेलसंग असन्तुष्टि भएका हुन्। पोखरेल यतिमात्र नभई अन्य धेरै विवादमा मुछिएका छन्।

कोरोना महामारी नियन्त्रणका लागि गठन भएको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक हुँदा पनि पोखरेलका गतिविधि र निर्णय एकपछि अर्को विवादित बनेका थिए । कोरोना नियन्त्रणका लागि औषधि उपकरण खरिद गर्ने विषयमा होस् वा सेनालाई लकिरका फकिर भन्दै उछितो काढेको विषयले नै किन नहोस् पोखरेल विवादबाट टाढा हुन सकेका थिएनन् ।

फास्ट ट्रयाक निर्माणका सन्दर्भमा आफ्नाले ठेक्का नपाएको झोँकमा पोखरेलले एक औपचारिक कार्यक्रममै सेनालाई दोषी देखाएका थिए । त्यसले सेना र रक्षामन्त्री बीचको सम्बन्धमै दरार आएको थियो । पछि मन्त्रालयले यसबारे विज्ञप्ति नै निकालेर उक्त समाचारको खण्डन गर्नुपरेको थियो ।

त्यसपछि पोखरेलले आफ्नै सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष नियुक्ति गर्ने भएसँगै पोखरेललाई सामाजिक सञ्जाल प्रयोगकर्ता र नेकपाकै नेता कार्यकर्ताले जबजसँग तुलना गर्दै उनको धज्जी उडाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !