१४ असार २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै


kepi oli

२७ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । उक्त बैठकमा ओलीको पक्षमा रहेका सांसदहरुले आफ्नो मत व्यक्त गर्नेछन् ।

ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !