७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीलाई ठुलो धक्का : मन्त्रिपरिषद् बिस्तार खारेज गर्ने सर्वोच्चको अन्तरिम आदेश


केपी शर्मा ओली

काठमाडौँ । सर्वोच्च अदालतले जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरुलाई काम नगर्न भन्दै अन्तरिम आदेश दिएको हो । प्रधानन्यायाधीश जबरा र न्यायाधीश ढुंगानाको इजलासले प्रतिनिधिसभा विघटनपछि थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको हो ।

मन्त्रिपरिषद् विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेसँगै केपी ओली नेतृत्वका वर्तमान मन्त्रिपरिषद्का २० जना मन्त्रीहरु पदमुक्त भएका छन् । अव प्रधानमन्त्रीसहित ५ जना बाहेक सबै मन्त्री पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गरेको मन्त्रिपरिषद् विस्तार सर्वोच्च अदालतले संविधान अनुकूल नभएको भन्दै बदर गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा रन्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलबारको इजलासले जेठ २१ र २७ गते विस्तारित मन्त्रिपरिषद् संविधान अनुकूल नभएको भन्दै बदर गरिदिएको हो ।

प्रतिनिधिसभा विघटन गरेको कामचलाउ चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता राजकुमार सुवाल, शालिकराम सापकोटा, सितादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाहले मन्त्रिपरिषद बिस्तारविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । विश्वासको मत लिन नसकेपछि केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भएकाले मन्त्रिपरिषद बिस्तार गर्न नमिल्ने जिकिरसहित रिट दायर भएको हो ।

यस्तो छ सर्वोच्च अदालतको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !