१३ असार २०८१, बिहिबार

भावुक हुँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले लेखे यस्तो मनछुने स्टाटस


रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको बताएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले विशेष गरिकन कर्णाली क्षेत्रमा नेपाली कांग्रेसको संगठन निर्माण कार्यमा विष्टको ठूलो योगदान रहेको बताएका छन् । विष्ट एक असल ,लगनशील निष्ठावान इमानदार नेता रहेको वरिष्ठ नेता पौडेलले बताएका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “हार्दिक श्रद्धाञ्जली !नेपाली कांग्रेस सुर्खेतका पूर्व सभापति एंव पूर्व संचार राज्यमन्त्री तप्तबहादुर विष्टको निधनको खवरले मलाई अत्यन्तै दुखी बनाएको छ । विशेष गरिकन कर्णाली क्षेत्रमा नेपाली कांग्रेसको संगठन निर्माण कार्यमा उहाँको ठूलो योगदान रहेको छ । उहाँ एक असल ,लगनशील निष्ठावान इमानदार नेता हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रीक आन्दोलनलाई अपुरणीय क्षति भएको छ । यो दुखको घडिमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु साथै शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !