काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार आफू निकटका नेताहरसँग छलफल थालेका छन् । यसअघि प्रदेश १ र २ का नेताहरुसँग छलफल गरेका देउवाले अहिले बागमती प्रदेशका नेताहरुसँग छलफल गरिरहेका छन् ।
विशेष स्रोतका अनुसार बुढानीलकण्ठस्थित देउवा निवासमा जारी छलफलमा कृष्णप्रसाद सिटौला पक्षका नेता शिव हुमागाइँ पनि सहभागी छन् ।
आगामी भदौ १६ गतेदेखि १९ गते हुन लागेको नेपाली काँग्रेसको १४औं महाधिवेशनबारे बागमती प्रदेशका नेताहरुसँग छलफल सकेर आइतबारै गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्ने तयारी रहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।
शनिबार प्रदेश २ का नेताहरुसँग छलफल गर्दा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार बन्ने इच्छा देखाए पनि देउवाले निधिलाई समर्थन गर्ने संकेत नदेखाएको एक नेताले बताए ।