८ बैशाख २०८१, शनिबार

ओलीलाई नेपालको जवाफ : प्रस्ताव पार्टी एकता गर्नेभन्दा अल्मल्याउनेतर्फ लक्षित (पत्रसहित)

आफूले मनपरी गरेर अरुलाई उपदेश दिनुको अर्थ रहँदैन : माधव नेपाल


ओलीलाई नेपालको जवाफ

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी एकताको ६ बुँदे आह्वानको जवाफ ६ बुँदामा नै दिंदै प्रधानमन्त्री ओलीको पार्टी एकता गर्नेभन्दा अनेकता सिर्जना गरेर आफूहरुलाई अल्मल्याउनेतर्फ लक्षित भएको आरोप लगाएका छन् ।

आज राती नेपाल समूहका नेता माधव नेपालद्वारा हस्ताक्षरित जवाफी पत्रमा आह्वान अनेकता सिर्जना गर्नेतर्फ लक्षित, अल्मल्याउने भाषा प्रयोग भएको र कथित कारबाही फिर्ता लिने विषय पत्रमा उल्लेख नभएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर फिर्ता लिन सकिने स्पष्ट पारेको छ । पार्टी एकताका लागि ओलीले खनाल-नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा पेश रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता नरहँने प्रष्ट परेको छ । उक्त समूहले २०७५ जेठ २ गतेको स्थितिमा पार्टी संगठनलाई कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुकुल हुने कुरा गरिएको आरोप समेत लगाएको छ ।

खनाल-नेपाल समूहले एकताका लागि ओलीले राखेका ६ प्रस्तावको एक-एक गरेर जवाफ समेत दिदै ओलीबाट अगाडि सारिएका कुराहरु पार्टीको एकतालाई अक्षुण राख्न नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र पार्टी विधान तथा सर्वोच्च अदालतको फैसलाको अन्तर्य अनुरुप नभएको ठहर छ ।

यस्तो छ ओलीलाई नेपालले दिएको जवाफ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !