२० असार २०८१, बिहिबार

ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेश नै डुवाउन खोजेको पौडेलको आरोप


रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रास्ट्रवादी केपी शर्मा ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेश नै गुमाउने डुवाउन खोजेको आरोप लगाएका छन् ।

वरिष्ठ नेता पौडेलले साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र “बहुल रास्ट्र मुक्तिसँग्राम गर्न ” सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै नभएको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले सामाजिक संजालमा लेखेका छन्, “सत्ता होइन ब्यबस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी के.पि. ओलिले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुवाउने , साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र “बहुल रास्ट्र मुक्तिसँग्राम गर्न ” सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् ।ओलि रास्ट्रवादको लगौटी बिखन्डनको पगरी बनिसकेछन्।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !