१९ असार २०८१, बुधबार

भ्रष्टाचार अन्त्य नगरेसम्म देश अघि बढ्दैन : प्रचण्ड


prachanda

२२ फागुन, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश भ्रष्टाचारले ग्रस्त भएको भन्दै यसलाई अन्त्य नगरेसम्म देश अघि बढ्न नसक्ने बताएका छन् ।

संसद बैठकमा सम्बोधन गर्दै प्रचण्डले राज्य संरचनामा सुशासन र भ्रष्टाचार ब्याप्त रहेको भन्दै यसलाई अन्त्य नगरेसम्म विकास र समृद्धितर्फ अघि बढ्न नसक्ने बताए ।
प्रचण्डले भने ‘अब त्रुटी सच्याउन राजनीतिक दलहरु तयार हुनुपर्छ, राष्ट्र र जनताका निम्ति जस्तोसुकै तपस्या र त्याग गर्न तयार हुनुपर्छ’ ‘हिजोजस्तो बेथितिका लागि प्रतिस्पर्धा गर्ने, हिजोजस्तो पदका निम्ति जस्तोसुकै जे गर्न पनि तयार भएको अवस्था अब हुनुहुँदैन, पुरानो तरिका अपनाउने छैनौं ।’

मधेसी दलसँगको छलफलमा संविधान संशोधनका लागि तयार रहेको प्रधानमन्त्रीले बताउनुले सबै समुदायबीच एकताका साथ विकास र समृद्धितिर जाने सन्देश दिएको बताएका हुन् ।

साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि संविधान संशोधनमा सघाउने बताउनुले प्रतिपक्ष र सत्तापक्ष मिलेर अघि बढ्ने संकेत देखिएको प्रचण्डले बताएका हुन् । प्रचण्डले राजनीतिक दलहरु विगतका त्रुटी सच्याएर अघि बढ्न तयार हुनुपर्नेसमेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !