६ जेष्ठ २०८१, आइतबार

क्रोनी क्यापिटालिज्म हावी रहेसम्म चुरे दोहन भई रहनेछ : डा. भट्टराई

डा. भट्टराईले भने, 'नयाँ विकास र वातावरण सम्बन्धी वैज्ञानिक राष्ट्रिय नीति आवश्यक छ'


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विना लगानी राज्यको आड लिएर रातारात धनी हुने क्रोनी क्यापिटालिज्म हावी रहेसम्म बालुवागिट्टी लगायतका प्राकृतिक सम्पदा वेरोकटोक दोहन गरेर देशैभर वातावरण विनाश भइरहने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बेलुकी लेख्दै उनले तुरून्तै नयाँ विकास र वातावरण सम्बन्धी वैज्ञानिक राष्ट्रिय नीति र कार्यान्वयन संयन्त्र नबनेसम्म यो विनाशलीला रोकौं भनेर सवै नेपाली जनतालाई आब्हान समेत गरेकाक छन् ।

उनले लेखेका छन्, ‘विना लगानी राज्यको आड लिएर रातारात धनी हुने क्रोनी क्यापिटालिज्म हावी रहेसम्म बालुवागिट्टी लगायतका प्राकृतिक सम्पदा वेरोकटोक दोहन गरेर देशैभर वातावरण विनाश भैरहनेछ। तुरून्तै नयाॅ विकास र वातावरण सम्बन्धी वैज्ञानिक राष्ट्रिय नीति र कार्यान्वयन संयन्त्र नबनेसम्म यो विनाशलीला रोकौं !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !