१२ असार २०८१, बुधबार

गृह र रक्षासहित ७ मन्त्रालय प्रधानमन्त्री ओली आफैले राख्ने


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र रक्षासहित ७ मन्त्रालय तत्कालको लागि आफैले राख्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राख्ने भएका हुन् ।

मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बन्नेछन् । त्यस्तै भौतिक पूर्वाधारमा बसन्त नेम्वाङ, शिक्षामा कृष्णगोपाल श्रेष्ठ र कानूनमा लीलानाथ श्रेष्ठ मन्त्रीका रुपमा यथावत रहनेछन् ।

स्वास्थ्य मन्त्रीका रुपमा शेरबहादुर तामाङले शपथ लिनेछन् । जसपाबाट महतोसहित ८ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउँदैछन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रुपमा मन्त्रिपरिषद् पुनर्गठन गरी आज विस्तार हुने मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित १७ सदस्यीय हुनेछ ।

जसपावाट अन्य मन्त्रीहरुमा शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत मन्त्री, अनिल झा खानेपानी तथा सरसफाई मन्त्री, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी मन्त्री, बिमल श्रीवास्तव श्रम तथा रोजगार मन्त्री, उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री, चन्दा चौधरी महिला तथा बालबालिका मन्त्री, एकबाल मियां युवा तथा खेलकूद मन्त्री, चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री, र रेणुका गुरुङ महिला, बालबालिका राज्यमन्त्रीको रुपमा सपथ लिदैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !