७ असार २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीको पदीय यात्रा ‘सुनदेखि नुनसम्म’ कमिसन : धनराज गुरुङ


धनराज गुरुङ

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको पदीय यात्रा ‘सुनदेखि नुनसम्म’ कमिसन भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै उनले ३३ किलो सुनको प्रतिवेदन लुकाएर पुगेन सरकार ? अब नुनमा समेत नीतिगत भ्रष्टाचार ? भनेर प्रश्न समेत गरेका छन् ।

उनले यो अतिशयोक्ति नभएको भन्दै यत्रो महामारीमा कमिसनकै चक्करमा लागेर खोप समेत खरिद नगरीकन बस्ने भ्रष्ट सरकारको जति बिरोध गरेपनि कम नहुने भन्दै खवरदारी गर्न नछाडौं भनेर लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !