३० कार्तिक २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले भने ‘एमाले मुसा होईन तपाईंले थापेको साँचोमा पर्ने’


kp-oli

२१ फागुन, काठमाण्डौ । ४६ औं सुखानी सहिदको सम्झनामा पार्टी कार्यालय धुमबाराहीमा सहिदको सम्झनामा गरिएको एक कार्यकक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादीलाई मिल्न दिन नपाए गरिखान पाइन्छ भन्ने शक्ति सक्रिए रहेको बताएका छन् ।

‘एमाले र माओवादीलाई मिल्न दिन नपाए, धाँजो हाल्न पाए र आशंका फैलाउन पाए गरिखान पाइन्थ्यो कि भन्नेहरु लागिरहेका छन्, तर त्यो सपना पुरा हुँदैन’ ओलीले भने ।

‘त्यो अपेक्षा सपनामा खाएको चकलेटमात्र हो ब्यूझँदा गुलियो होइन टर्रो हुन्छ ।’ त्यस्तै ओलीले एमाले मुसा होइन तपाईंले थापेको साँचोमा पर्ने भन्दै पार्टी एकता भएरै छाड्ने दाबी समेत गरे ।

‘अब देशमा वामपन्थीको सरकार बन्यो त्यो सुन्ने बानी बसाल्नुहोस्’ भन्दै ओलीले भने ‘हामी असफल भए देश असफल हुन्छ हामी देशलाई असफल हुन दिदैनौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !