१२ असार २०८१, बुधबार

प्रधानमन्त्री ओली र जसपाको ठाकुर पक्षवीच बालुवाटारमा छलफल जारी


केपी ओली र महन्त ठाकुर फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी जारी रहेको बताइएको छ । ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् ।

प्रधानमन्त्री अ‍ोलीले जसपालाई पाँच मन्त्री र दुई राज्यमन्त्री दिन तयार भएका छन् भने जसपा ठाकुर पक्षले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको छ । जसपाले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा आजको छलफल केन्द्रित हुने बुझिएको छ ।

यस्तै जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेख्दै पार्टी विभाजनको संकेत गर्दै आ-आफ्नो बाटो लाग्न आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !