७ असार २०८१, शुक्रबार

एमाले स्थायी कमिटी बैठक अचानक स्थगित


नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक अचानक स्थगित भएको छ । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यस्ततापछि स्थायी कमिटी बैठक स्थगित भएको हो ।

आज बस्ने भनिएको बैठकमा हिजो शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीभित्रको विवादबारे छलफल हुने बताइएको थियो ।

यसअघि बसेको एमालेको स्थायी कमिटी बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने माधव नेपाल समूहका १२ सांसदसँग स्पष्टीकरण मागेको थियो । ती सांसद्लाई सोधिएको स्पष्टीकरणबारे पनि निर्णय गरी कारबाही गर्न सक्ने सम्भावना समेत रहेको थियो ।

गत १२ जेठमा स्थायी कमिटीले घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, झपट रावल, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, दीपकप्रसाद भट्ट, कृष्णलाल महर्जन, नारायण खतिवडा, मेटमणी चौधरी, भवानीप्रसाद खापुङ र यज्ञराज सुनुवारलाई स्पष्टीकरण सोधेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !