७ बैशाख २०८१, शुक्रबार

थारुहट/थारुवान संघर्ष समितिद्वारा आन्दोलन घोषणा


काठमाडौं–अलग थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट/थारुवान संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

घोषित आन्दोलनका कार्यक्रमहरुमा बैशाख २४ गते सम्पूर्ण जिल्लामा थारुजातीय संगठनबीच सर्वपक्षीय बैठश गर्ने, २५ गते महोत्तरी, सर्लाही, रौतहत, २६ गते बारा र पर्सा, २७ गते झापा, मोरङ, सुनसरी, २८ गते सप्तरी, सिराहा, उदयपुर, २९ गते रुपन्देही, कपिलबस्तु, ३० गते बर्दिया, ३१ गते कैलाली, चितवन, नवलपरासी, जेठ १ गते कञ्चनपुर, दाङमा विरोधसभा गर्ने, जेठ १ गते मशाल जुलुस गर्ने र जेठ २ गते थारुहट जिल्लामा आमहडताल गर्ने रहेको छ।

समितिले आफूहरुले प्रस्तुत गरेको सात बुँदे सर्त र १३ बुँदे राजनीति मागमा नौ महिनादेखि छलफलसमेत हुन सकेको गुनासो गर्दै बाध्य भई आन्दोलनमा जानु परेको दाबी गरे छ। पत्रकार सम्मेलनमा नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखीले राजनीतिक दलहरुबीच श्रीपेच विनाका राजाहरुको जन्म भएको र उनीहरुले थारु आन्दोलनलाई बेवास्ता गरेकोले आन्दोलनमा जान बाध्य हुनु परेको दाबी गर्दैे आन्दोलन कुनै जाति र क्षेत्र विशेष विरुद्ध नभई सिंगो राज्य सत्ता, सरकारको विभेदकारी ब्यवहार, विभेदकारी संविधान, विभेदकारी सरकारको विरुद्ध भएको स्पष्ट दाबी गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !