काठमाडौंँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दू राष्ट्रको माग बढ्दो क्रममा रहेको जिकिर गरेका छन् ।
राप्रपाको ३१औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दू राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।
विधि, संविधान र लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् । पार्टी स्थापना दिवसका अवसरमा आज जारी सन्देशमा उनले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकमा शुभकामना व्यक्त गरेका छन् ।