काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनु वा नरहनु आफ्ना लागि प्रमुख विषय नभएको दावी गरेका छन् । आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता आफ्ना लागि साधन होइन साध्य मात्रै भएको जिकिर गरेका छन् ।
बजेट भाषणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारवाट सम्बोधन गर्दै ओलीले पार्टी सत्तामा जानु र प्रतिपक्षमा बस्नु सामान्य भएकोले निर्दलीय चरित्र ख्याल-ठट्टाको विषय नभएको बताएका छन् ।
उनले लोकतन्त्रका लागि आफ्नो जीवनको ५० वर्षभन्दा बढी लडेको र पञ्चायतमा जेलमा बिताएको आफ्नो लागि सत्तामा रहनु वा नरहनु प्रमुख विषय हुँदै नभएको दावी गरेका छन् ।