२२ भाद्र २०८१, शनिबार

बिदेशी शक्ति केन्द्रहरुको हस्तक्षेपकारी योजनामा ओलीले राष्ट्रिय स्वाधीनतालाई सौदाबाजी गरे : नारायणकाजी श्रेष्ठ

नारायणकाजी भन्छन्, 'राष्ट्रपति पदको जिम्मेवारी र गरिमालाई लज्जास्पद ढङ्गले बिसर्जित गर्ने कलँकका रुपमा अंकित हुनेछ'


नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिदेशी शक्ति केन्द्रहरुको हस्तक्षेपकारी योजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनतालाई सौदाबाजी गरेको आरोप लगाएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै श्रेष्ठले प्रधानमन्त्रीको शुद्ध अन्ध सहयोगी भुमिकामा सिमित राष्ट्रपतिको कार्य नेपालको गणतान्त्रिक ईतिहाँसमै विद्यादेवी भण्डारी राष्ट्रपति पदको जिम्मेवारी र गरिमालाई लज्जास्पद ढङ्गले बिसर्जित गर्ने कलँकका रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरेका छन् ।

उनले संविधानको धारा ७६ (५) को सरकार गठनको स्पष्ट आधार हुँदहुँदै त्यसलाई लत्याएर प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर हिजो मध्यरातमा षडयन्त्रमुलक ढङ्गले गरेको प्रतिनिधिसभा बिघटनको घोषणा जति निन्दा एवं भर्त्सना गरेपनि कम हुने असंवैधानिक,अलोकतान्त्रिक,प्रतिगामी,निरङ्कुश एवं राष्ट्रघाती कदम भएको स्पष्ट [पारेका छन् ।

उनले यो मुलत: बिदेशी शक्तिकेन्द्रहरुको हस्तक्षेपकारी योजनामा ओलीको राष्ट्रिय स्वाधीनता लाई सौदाबाजीको बिषय बनाउने तुच्छ पदीय सत्तास्वार्थ केन्दृत राष्ट्रिय आत्मसमर्पणवाद एवं दलालीको परिणाम हो भन्ने तथ्य छर्लङ्गै भएको बताएका छन् ।

उनले ओलीको २०७७ पौष ५ गतेको प्रतिनिधिसभा बिघटनको असंवैधानिक कदम देखिनै देशलाई योजनाबध्द रुपमा प्रतिगामी दिशामा लैजाने षडयन्त्र भइरहेको र उक्त योजनाको पहिलो कडी प्रतिनिधिसभा बिघटन हो भनेका स्मरण गर्दै साथै प्रतिनिधिसभा पुनर्स्थापनापछि पनि प्रतिगमनको खतरा कायमै रहेको प्रति सजग रहन अपील गरेको उल्लेख गरेका छन् ।

हिजोको पछिल्लो घटना त्यही शृङ्खलाको अर्को कडी भएकोले घोषित समयमा निर्वाचन हुने र लोकतन्त्रलाई सुदृढ बनाउने गरी त्यसको अङ्गको रुपमा स्वच्छ निर्वाचनको अपेक्षा गर्न सकिने स्थिति नभएको भन्दै उनले ओलीको नियतलाई शंका गर्दै आरोप लगाएका छन् ।

उनले यस स्थितिमा सम्पुर्ण देशभक्त एवं वैदेशिक हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पण तथा दलालीको बर्तमान परिघटनाको बिरोध गर्ने शक्तिहरु र लोकतन्त्र पक्षधर शक्तिहरु राष्ट्रिय स्वाधीनता र संविधान एवं लोकतन्त्रको रक्षाको निम्ति एकताबध्द भएर अघि बढ्नु यतिबेलाको ऐतिहासिक आवश्यकता भएकोले यसतर्फ सबैको समयमै गम्भीर ध्यान जानु जरुरी भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !