६ असार २०८१, बिहिबार

माधव नेपाल भन्छन्, ‘प्रतिगमन दोहोरियो, यो व्यवस्था नै कू गर्ने अग्रसरता हो’

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भयो : माधव नेपाल


माधव नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नुलाई षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि संसद्को चीरहरण भएको टिप्‍पणी गरेका छन् ।

सामाजिक सञ्‍जाल फेसबुकमा लेख्दै उनले प्रतिगमन दोहोरिएको बताउदै संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएकोले यो व्यवस्था नै कू गर्ने अग्रसरता भएको टिप्पणी गरेका छन् ।

उनले शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेकोले यो प्रतिगमन भाग २ हो भएकोले केपी ओलीको यो कदमको भर्त्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान गरेका छन् ।

उनले लेखेका छन्, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु