७ मंसिर २०८१, शुक्रबार

बाबुराम भन्छन्, ‘यो गणतन्त्र र सं‌विधान खारेज गर्ने प्रपञ्च हो’


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम मध्यावधि चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् ।

आज शनिबार बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र एवं सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक, असंवैधानिक, प्रतिक्रान्तिकारी हर्कत शुरू भएको स्मरण गराएका छन् ।

साथै उनले यो प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कुकर्म भएकोले एकजुट भएर प्रतिवाद गर्न आग्रह समेत गरेका छन् । मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिसकेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !