File Photo माओबादी केन्द्रका नेता तथा सांसद सुदन किराँतीले केपी शर्मा ओलीले आफुसँग १५३ सांसद भएको भए किन विस्वासको मत नलिएको भन्दै प्रश्न गरेका छन्। ओलीले आज आफुसँग १५३ सांसद भएको भन्दै प्रधानमन्त्रीमा दावी गरेपछि किराँतीले यस्तो प्रश्न गरेका हुन्।
उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै ७६ (५) अनुसार प्रधानमन्त्री दावी गर्ने व्यात्तिले सांसदको व्यक्तिगत रुपमा समर्थन जुटाउनुपर्ने बताएका छन्।
उनले खेलेका छन्, “साथीहरु !
७६ (५) अनुसार प्रधानमन्त्री दावी गर्ने व्यात्तिले सांसदको व्यक्तिगत रुपमा समर्थन जुटाउनुपर्छ ।यो धारा अनुसार प्रधानमन्त्री बन्न चाहने सांसदले बहुमत सांसद आफ्नो पक्षमा रहेको हास्ताक्षर सहित पुष्ट्याइँ गर्नु सक्नु पर्छ । धारा ७६ (५) ले राजनीतिक दललाई चिन्दैन साँसदहरुलाई मात्र चिन्दछ । संबिधानको धारा ७६ (१), (२), (३) ले मात्र दल चिन्छ त्यो सबै पार भै सकेको अवश्था हो ।
महोदय ! आफु संग १५३ साँसद भएको भए किन विस्वासको मत नलिएको ? केहि समय अघि मात्र पत्रकार संम्मेलन गरेर किन बैकल्पिक सरकारको लागी मार्ग प्रशस्त गरे भन्नु भएको ? किन दिउसै रात पारेको ? योत आचि गर्नेलाई भन्दा देख्ने लाज भैसक्यो ।”












