६ असार २०८१, बिहिबार

हस्ताक्षर दुरुपयोग भएको भन्दै सांसद राईले लेखे राष्ट्रपतिलाई पत्र


जयकुमार राई

काठमाडौं । नेकपा एमालेका सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र लेखेका छन् । विपक्षी गठबन्धनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न आफ्नो हस्ताक्षर दुरुपयोग भएको उनले बताएका हुन् ।

आज शुक्रबार दिउँसो विपक्षी गठबन्धनले बुझाएको १४९ सदस्यको हस्ताक्षरमा आफ्नो नाम र हस्ताक्षर रहेको भन्दै सुनसरी-१ का एमाले प्रतिनिधिसभा सदस्य राईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ध्यानाकर्षण गराएका हुन् । राईसहित एमालेका अन्य केही सांसदले हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन् ।

हस्ताक्षर दुरुपयोग भएको भन्दै सांसद राईले लेखे राष्ट्रपतिलाई पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु