काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिपक्षी दलहरुले दिनैपिच्छे गरिरहेको विरोधले आफू वाक्कदिक्क भइसकेकाले अव सरकार चलाउने त्यति मन नभएको छन् ।
आज शुक्रवार बालुवाटारमा सम्पादकहरूसँग गरिएको अन्तर्क्रियामा सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म दिक्क भइसकें सरकार चलाउन, मलाई सरकार चलाउनु छैन, मैले किन विश्वासको मत लिने ?’
ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको बताएका स्पष्ट पार्दै दिनदिनै आफ्नो बदनाम र चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आफू वाक्कदिक्क भएको पनि बताएका हुन् ।
उनले दलहरूबाट विरोधका लागि विरोध गरेर असहयोग भइरहेकाले सरकार चलाउन नसकिएको बताए । आफूले राजीनामा दिनैपर्ने भनेर संविधानमा नलेखिएको बताउँदै नयाँ अर्काे प्रधानमन्त्री नबन्दासम्म आफूले काम गरिराख्नुपर्ने उनले बताए ।
उनले चुनावै भए पनि आकाश नखस्ने बताउदै आउँदो फागुनमा स्थानीय तह निर्वाचन अनिवार्य गर्नुपर्ने भएकोले निर्वाचनसँग भागेर कहीँ नपुगिने भएकोले जनताको मूल्यांकन थाहा पाउन जनताको आदेश ताजा जनादेश स्वीकार्नुपर्ने बताए ।
उनले नयाँ सरकार बनाएर अन्योल अवस्थाको अन्त्य गर्न राजनीतिक दललाई आग्रह गरे तर विपक्षी दलले नयाँ सरकार दिन नसके आफूलाई समर्थन गर्न उनले आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकार ढाल्न राष्ट्रिय राजनीतिमा फोहोरी खेल भएको बताउदै आफूलाई संसदमा विश्वासको मत नदिनका लागि राष्ट्रिय राजनीतिमा फोहोरी चक्रब्यूह बनाइएको बताए ।