१२ आश्विन २०८१, शनिबार

बाबुराम र उपेन्द्रको नयाँ प्रधानमन्त्री प्रस्ताव : पहिलो प्राथमिकता महन्थ, नभए माधव नेपाल


बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुर र माधव नेपाल

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । तर यसवारे ठाकुरले कुनै जवाफ नदिएकोले उनको जवाफको प्रतीक्षा गरिरहेका छन् ।

उनीहरुले प्रधानमन्त्रीका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव पनि पठाउदै जसपा नेपालको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधव नेपाल समूहले पनि सघाउने गरी कुराकानी अगाडि बढेको अध्यक्ष भट्टराईका प्रेस सल्लाहकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताएका छन् ।

जसपा नेपालका एक कार्यकारिणी सदस्यका अनुसार महन्थ ठाकुर प्रधानमन्त्री हुन तयार नभए माधव नेपाललाई पनि प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन सकिने विषयमा पनि छलफल भइरहेको छ । माधव नेपाल र डा. बाबुराम भट्टराईबीच फोनमा कुराकानी भएको थियो भने उपेन्द्र यादव र माधव नेपालबीच प्रत्यक्ष भेटघाट भएको ती नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !