१५ आश्विन २०८१, मंगलबार

आगोको झिल्कोसँग नखेल्न ओलीलाई मोहन वैद्यकाे चेतावनी


mohan-baidhy
    १८ फागुन, काठमाण्डौ । नेकपा माओवदीका महासचिव मोहन वैद्य किरणले आगोको झिल्कोसँग नखेल्न प्रधानमन्त्री केपी आेलीलाई चेतावनी दिएका छन् ।

    गोपाल किराँतीको नेतृत्वमा राजधानीमा आयोजित अखिल क्रान्तिकारीको भेलालाई सम्बोधन गर्दै नेता वैद्यले आेलीलाई यस्तो चेतावनी दिएका हुन् ।

    उनले ओली सरकार कम्युनिष्ट नभएर फाँसीवादी बाटोमा अघि बढेको वताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमाथि जहाँ भेट्यो त्यहि धरपकड गर्न थालेको भन्दै नेता वैद्यले आपत्ति समेत जनाएका छन् ।

    बिराटनगरमा आेली नेतृत्वले नेकपा नेताहरुमाथि गरेको चरम दमनको उनले बिरोध जनाए । उक्त कार्यक्रममा उनले अब एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको पतन अनिवार्य रहेको समेत दाबी गरेका छन् ।

    ओली सरकारले देउवाले समेत गर्न नसकेको नितान्त दमनकारी काम गरेको भन्दै वैद्यले ओलीको पतन निश्चित भएको बताए । उनले भने जनयुद्ध लडेका हामीहरु, झापा विद्रोह गरेका नेताहरु, यही हो कम्युनिष्ट ? कम्युनिष्ट हो कि हैन ? प्रष्टै देखिन्छ । त्यसकारणले उहाँहरुको पतन निश्चित छ । अनिवार्य छ ।

    आफुहरु आगोको झिल्को भएको भन्दै उनले अब क्रान्तिकारी कम्युनिष्टहरु एक भएर क्रान्ति सफल पार्नुपर्ने बताएका छन् । सानो विस्तारै ठुलो हुने भन्दै वैद्यले क्रान्तिकारीहरु सुरुमा सानै हुने बताएका छन् ।

    उनले भने `हामी ठुलो छौ भनेर कुनै घमण्ड गर्नुपर्दैन । हामी क्रान्तिकारी भनेको आगोको झिल्को हो । निभ्दैन । माओले भनेको हामीलाई थाहा छ । एउटा झिल्कोले सारा जंगलमा आगो लगाउँछ । हामी झिल्को हौं ।´


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !