१२ असार २०८१, बुधबार

ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई भेट्न पुगे बालुवाटारमा


केपी ओली र महन्त ठाकुर फाइल फोटो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकबाट संविधानको ७६ (५) बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै उनीहरू बालुवाटार पुगेका हुन् ।

अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच गत जेठ ४ गते आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्ने लगायत ८ बुँदे सम्झौता भएको थियो । हालसम्म कुनै सत्ता समीकरणमा नलाग्ने भन्दै तटस्थ बस्दै आएका ठाकुर र महतो ओलीलाई भेट्न बालुवाटार पुग्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

विशेष स्रोतका अन्य सरकारमा नजाने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्ने जसपाले निर्णय गरेसँगै प्रधानमन्त्री अ‍ोलीले छलफलका लागि ठाकुर र महतोलाई बालुवाटार बोलाएको बुझिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गते संसदको अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री औलीले विश्‍वासको मत लिने आफ्‍नो चाहना नरहेको बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !