काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
बुधबार साँझ विज्ञप्ति निकाल्दै प्रचण्डले आचारसंहिता उल्लंघन लगाएका छन् । राष्ट्रियसभा उपनिर्वाचनमा ओलीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाही गर्न आयोगलाई आग्रह गरेका हुन् ।
“यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ?” विज्ञप्तिमा भनिएको छ ।
ओलीले राष्ट्रिय सभा सदस्य उम्मेदवार रामबहादुर थापा बादललाइ भोट नलगाएका मतदातालाई कारबाही गर्ने चेतावनी दिएका थिए।