फाइल फोटो
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से कक्षमा बैठक बस्न लागेको हो ।
आज बस्न लागेको बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीति लगायत छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।