६ असार २०८१, बिहिबार

एमाले कार्यदलको पहिलो बैठक दिउँसो तीन बजे बस्दै


ओली र नेपाल समूहको सिंहदरवारमा जारी वार्ता फाइल फोटो

काठमाडौं । नेकपा एमाले कार्यदलको पहिलो बैठक आज बस्दैछ । पार्टी पुनर्मिलनका लागि आधार तय गर्न गठन भएको कार्यदलले पार्टीभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने एक नेताले जानकारी दिए ।

नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउन ओली समूह र नेपाल दुवै समूहको ५/५ जना गरी १० सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदललाई जेठ २ गतेलाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक सुवास नेम्वाङ रहेका छन् भने बरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल संयोजक छन् ।

कार्यदलमा ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । त्यस्तै माधव समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु